लक्जेम्बर्ग l

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लक्जेम्बर्गको प्रस्तावमा पूर्ब अध्यक्ष तथा आईसीसी सदस्य हरी बहादुर खत्रीले उम्मेद्वारीको घोषणा गरेका छन्l

भूपरिबेष्ठित तर संसार मै प्रतिव्यक्ति आय धेरै भएको देश लक्जेम्बर्गबाट हाल सम्म आईसीसीमा प्रतिनिधित्व नभएको कुरालाई मध्यनजर गर्दै साँमुहिक रूपमा खत्रीलाई उम्मेदवार बनाईएको हो l

हरी बहादुर खत्रीको अपिल

गैरआवसीय नेपाली अभियन्ताज्यू तथा मित्रहरुमा नमस्कार।

गैरआवसीय नेपाली अभियानको शुरूआति काल देखिनै म सक्रिय रहदै आएको छु। यस अभियानमा म एनसीसी लक्जेम्बर्गको दुई पटक अध्यक्ष र दुई पटक आईसीसी सदस्य भएर काम गरीसकेको छु। यस क्रममा २०१८ मा यूरोपिएन क्षेत्रिय बैठक लक्जेम्बर्गमा तपाईहरू सम्पूर्ण को सहयोग मा ऐतिहासिक रूपमा सफल पारेको थियौ । अध्यक्ष ,आईसीसी रहदा २पटक यूरोप क्षेत्रीय भलिबल प्रतियोगिता आयोजना गर्न साथै अन्य राष्ट्रहरूले आयोजना गरेको खेलकुद प्रतियोगितामा निरन्तर सहभागी भई भइरहेका छौं । गैरआवाशिय नेपाली संघ को अभियानमा मैले पनी केही अनुभव हासिल गरेको छु।

यिनै अनुभवको आधारमा आउने दिनहरुमा यूरोप क्षेत्रीय उपसयोजक भएको खण्डमा हाम्रो पहिलो प्राथमिकतामा रहनेछ ! हाम्रो प्रतिबद्धता: १) यूरोप स्तरिय भलिबल, फुटबल लगायत अन्य खेलकुद प्रतियोगिताहरू संचालन / आयोजना गर्न यूरोप क्षेत्रका विभिन्न एनसिसीहरू संग पहल गर्ने।

२) यूरोप क्षेत्रका समग्र एनसिसीहरू संग समन्वय गरि यूरोप क्षेत्रमा आकस्मिक पर्न सक्ने समस्यालाई तत्काल सम्बोधन गर्न आपतकालिन कोषको व्यवस्था गर्ने ।

३) नेपाली कला, संस्कृति र परम्परालाई जगेर्ना गर्दै त्यसको मौलिकतालाई प्रोत्साहन गर्ने, जस्तै: यूरोप स्तरिय तीज गीत / दोहोरी गीत प्रतियोगिता, आदि।

४) दोस्रो पुस्ताका नेपालीहरूलाई नेपालप्रती आकर्षित राखिराख्न सामूहिक नेपाल भ्रमणको अवधारणालाई कार्यन्वयन गर्ने।

५ – यूरोप स्तरिय युवा ज्ञान / सीप, नेतृत्व विकास र साँगठनिक व्यवस्थापन जस्ता तालिम / सम्मेलन सम्पन्न गर्ने। यो संस्थालाइ कसरी आत्मनिर्भर, प्रभावकारी, ब्यबहारीक र बृहद मैत्रिय वातावरण बनाउन सकिन्छ भन्ने स्पष्ट मार्ग चित्र सहित म आगामी कार्यकाल २३-२५ को लागी यूरोप उप संयोजक पदमा रहेर कामगर्ने दृढ प्रतिबद्धता सहित आकांक्षीको रूपमा प्रस्तुत भएकोछु। तपाईहरूको साथ र सहयोगको आशीर्वादका लागी म विनम्र अनुरोध गर्दछु।

यूरोप उप संयोजकको उमेदवार

हरि बहादुर खत्री

लक्जेम्बर्ग।

Enter

Open photo
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *