ब्रसेल्स । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्ष पदका उमेदवार राजेन्द्र कुमार (आरके)शर्माले ६ महिनाभित्र पाेर्चुगलमा नेपाली राजदुतावास स्थापनार्थ कम्मर कस्नु पर्ने बताएका छन्। चुनावी अभियानस्वरुप विश्व दौडाहामा रहेका शर्माले एनआरएनए पोर्तुगलका प्रतिनिधि(डेलिगेट्स)संग लिस्बोनमा आयोजित अन्तरक्रियामा सम्बोधन गर्दै पोर्तुगलमा नेपाली राजदूताबास स्थापना गरेरै छाड्ने प्रतिबद्धता जनाएका हुन्।

राजदूतबास नहुंदा पोर्तुगलका नेपालीलाई कागजत लगायतका मुख्य समस्या भएको बताउँदै शर्माले राजदूताबास खोल्नको लागि सरकार समक्ष माग राख्दै काठमाडौंमा धर्ना बस्न आफु पछि नहट्ने वचन दोहोराउँदै शर्माले भने ‘सरकार समक्ष धेरै कुरा गरेका छौं,अझै पनि पुगेन भने प्रतिनिधि मुलक तवरले पोर्तुगलबाट पनि तँपाईहरु आउनुहोस म पनि धर्ना बसेर भएपनि यहाँ एम्बेसी ल्याउने हो ।’

‘सरकार समक्ष धेरै कुरा गरेका छौं,अझै पनि पुगेन भने प्रतिनिधि मुलक तवरले पोर्तुगलबाट पनि तँपाईहरु आउनुहोस म पनि धर्ना बसेर भएपनि यहाँ एम्बेसी ल्याउने हो ।’

केही समयअघि सरकारले पनि पोर्तुगल लगायतका धेरै नेपाली रहेका देशमा नेपाली राजदूताबास खोल्ने भनेर निर्णय गरेको स्मरण गर्दै नेपालीहरुका धेरै समस्याहरुको समाधानको लागि राजदूताबास आवश्यक भएकाले आफ्नो ठाउँबाट लड्ने प्रतिबद्धता जनाएका हुन्।अन्तरक्रियामा सम्बोधन शर्माले थपे, ‘पोर्तुगलका नेपालीले भोग्दै आएका समस्या बारेमा मलाई सबै थाहा छ,८० दिनअघि गएको जुलाईमा तँपाईहरु समक्ष यहीँ लिस्बोनमा छलफल गरेको थिए, यो विचमा ७ पटक नेपाल गएर प्रधानमन्त्री,परराष्ट्र र श्रममन्त्रीलाई भेटेर पोर्रिचुगलमा राजदूताबास खोल्न आग्रह गरेको छु, अब ६ महिनाभित्र स्थापना गर्नको लागि मैले सक्दो सबै पहल गर्नेछु।’

पोर्तुगलमा पछिल्लो समय धेरै नेपाली भित्रिएसंगै विभिन्न समस्या थपिदै गएका तथा निधन भएकाको शव नेपाल पठाउन पनि आर्थिक रुपमा धेरै समस्या पर्दै आएको बारे जानकार रहेको भन्दै शर्माले आफु अध्यक्ष निर्वाचित भएमा आधा रकम एनआरएनए केन्द्रले बेहोर्नेसमेत प्रतिबद्धता जनाए। मध्यपूर्वमा पहिला पनि यस्तै समस्या रहेको भन्दै समाधान गर्न सरकारसंग गम्भीरतापुर्वक छलफल गर्ने पनि बताए। उनले परदेशमा भएका सबै नेपालीको साझा र एकताबद्ध एनआरएनए बनाउन लागिपर्ने भनाई राखे।

शर्माले अध्यक्ष विजयी भएमा सकेसम्म सदस्यता निःशुल्क गर्नेदेखि लिएर सबै पन्जिकृत सदस्यले महाधिवेशनमा मतदान गर्नेसम्मका व्यवस्था गर्ने आफ्नो योजना रहेको सुनाए। नेपालका कृषी उत्पादनको विदेशमा बेच विखनदेखि लिएर नेपालमा लगानी प्राधिकरण गठन गर्ने र धेरै रोजÞगारी सिर्जना गर्न आफु लागि पर्ने भनाई राखे। १७ अक्टुवरबाट काठमाडौंमा शुरु हुने एनआरएनएको ११ औ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शर्मा मतदाताहरूसंग युरोपभरका मुलुकहरू जर्मनी ,डेनमार्क ,पोल्याण्ड ,चेक रिपब्लिक ,पोर्चुगल ,माल्टा ,फ्रान्स लगायत देश दौडाहमा छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *