तामाङ समाज बेल्जियमको आयोजनमा २८६० सोनाम ल्होछार डूक ल्हो(मु पुख्री ल्हो) कार्यक्रम गत शनिवारका दिन रमणिय शहर ब्रुजमा तामाङ समाज बेल्जियमका अध्यक्ष राम लामाको अध्यक्षतामा भव्य रुपमा सम्पन्न भयो।
लामा गुरुद्वारा सबैको शुभहोस भनि मोलम पुजापाठ पश्चात बेनेलक्सका राजदुत गेहेन्द्र राजभण्डारीले पानसमा दीप प्रज्वलन गरेर ल्होछार कार्यक्रम उदघाटन गर्नु भऐको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुतले बेल्जियममा बृहत्तर हुदै गैईरहेको तामाङ समुदायले आउने भावि सन्ततिलाई पुस्तान्तरण गर्ने चुनौती यो सशक्त डुक ल्हो(मु पुख्री ल्हो)ले सफल मिलोस् भन्ने कामना गर्नुभयो l त्यसै गरी नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका उपाध्यक्ष मुना राई,गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपालले शुभकामना मन्तव्य राख्नु भएको थियो।
समाजका सचिव महिन्दो वाईबाले सम्पुर्ण उपस्थित आगन्तुकहरुलाई न्यानो स्वागत मन्तब्य राख्नुभएको थियो। उपाध्यक्ष ज्योति घिसिङले पाहुनाहरुलाई खादा प्रदान गरेर सम्मान गर्नु भएको थियो। औपचारिक कार्यक्रम समाजका महासचिव चन्द्र ब्लोन र दोश्रो चरणको सांस्कृतिक कार्यक्रम समाजका कोषाध्यक्ष लालिङ तामाङले संचालन गर्नु भएको थियो।
कार्यक्रममा निमन्त्रणालाई स्वीकारेर उपस्थित भइ आथित्यता गरिदिनुहुने , समाजका संरक्षक अनिता लामा,अध्यक्ष तमु समाज बेल्जियम होम गुरुङ , किरात राई सोसाइटी बेल्जियमका भविन्द्र राई, तमुधिं बेल्जियमका अध्यक्ष संगीता गुरुङ, अध्यक्ष सिक्लेश पार्चे कल्याण कोष ओम प्रकाश गुरुङ , ईनास अध्यक्ष बिनीता रिमाल , सन्तोष न्युपाने नेपाल पत्रकार महासंघ बेल्जियम, प्रतिनिधिहरु एभरेष्ट नेपाली समाज किराँत याक्थुम चुम्लुङ पेमावती लिम्बु, जन प्रगतिशिल मन्च मनिष गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी रामेश कंडेल, काभ्रेपलाञ्चोक सहायता समिति मोहन राउत, अन्तर्राष्ट्रिय काभ्रे सहायता समिति शान्ती भट्टराई लगायत बेल्जियमबासी नेपालीहरुको उत्साहजनक उपस्थित थियो।
स्थानीय कलाकार कमला तामाङ, ईना लामा, प्रतिता बल तामाङ , प्रथम लामा ,प्रवेश लामा, लिलीयम थापा, याना वाईबा, जेनिसा गुरुङ, स्मारिका सुब्बा, दिपशिखा सुब्बा, सुरक्षा आले, ईशु श्रेष्ठ, बीशका कंडेल र शिवजानी आलेले मनमोहक नृत्य प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिनुभयोको थियो।
सास्कृतिक कार्यक्रमलाई चिरपरिचित स्थानीय अथिती कलाकार लाहुरे कान्छा (अर्जुन) सुमुधर स्वरले र पोर्तुगल बाट आउनुभएको अथिती सेलो गायक पद्मा लामाको मेलोडी स्वरले दर्शक लाई भरपूर मनोरञ्जन दिएको थियो। अन्त्यमा डिजे शिव लामाको लयमा दर्शकले मध्यरात सम्म नाचेर भरपुर मनोरञ्जन र आनन्द लिएका थिए।