काठमाडौं l
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेनबीच आज भेट भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीचको संक्षिप्त भेटमा आपसी हितका विषयमा कुराकानी भएको थियो । भेटमा सम्माननीय प्रधानमन्त्रीकी छोरी गंगा दाहाल र राष्ट्रपति वाइडेनकी श्रीमती फर्स्ट लेडी जिल ज्याकोब्स् पनि सहभागी हुनुहुन्थ्यो ।
Facebook Comments Box