ब्रसेल्स l

गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अध्यक्ष सिता सापकोटामाथि लागेका आर्थिक लगायत विषयका आरोपहरुको स्पष्टिकरण दिने अभिप्रायले एनआरएनए बेल्जियमकी अध्यक्षले पत्रकार सम्मेलन गरेकी छन्।

आफ्नो मान हानी गर्न भूकम्प पीडितको लागि उठाईएको रकम अपचलन गरेको भनेर मिथ्या आरोप लगाउदै अध्यक्ष र सिंगो एनआरएन बेल्जियमको बदनाम गर्न अमेरिका ,पोर्चुगल र बेलायत लगायत देशमा बस्ने केही नेपाली हात धोएर लागेको बताउदै त्यस्ता गलत बाटो हिड्नेहरू , त्यस्ता तत्वहरू परास्त हुने दृढता समेत पत्रकार भेटघाटमा उनले ब्यक्त गरेकी थिईन l

पत्रकार साक्षात्कारमा उनले ‘आँफुलाई केहि ब्यक्तिहरुले नियोजित रुपमै चरित्रहत्या गर्न लागिपरेको’ जनाएकी हुन्। उनले ‘भूकम्पमा उठेको पैसा ब्याक्तिगत खातामा जम्मा गरेको,नयाँ गाडी किनेको र प्रबक्ता चयन आदी बिषयमा अफवाह फैलाएको’ भन्दै प्रमाण सहित आँफु माथि लागेका आरोपको उनले खण्डन गर्दै स्पष्ट पारेकी हुन्।

उनले आरोप लगाउनेहरुलाई चुनौती दिंदै ‘कि पुष्टि हुने प्रमाण देउ,हैन भने कसैलाई सक्न बिना प्रमाण चलाइने मिसन आत्म घाती हुन सक्छ भन्दै बेल्जियमको समाजमा अबिश्वास र फुट चाहनेहरुले बेलाबेलामा यस्ता भ्रमहरु छरीरहने भएकोले सचेत रहन समुदायलाई उनले आग्रह गरेकी छन्।

पत्रकार सम्मेलनले पत्रकारहरूलाई एनआरएनएको बर्तमान अबस्था,निर्णयहरुको अबस्था,कमजोरी र अभियानका अन्य पक्षबारे प्रश्नहरु सोधेका थिए।

पत्रकार सम्मेलनको परिधिमा संचारकर्मिको तर्फबाट घटना र बिचारबाट डिल्ली अम्माई,न्युज २४बाट केजिन राई,चारदिशा अनलाइनबाट ओम शर्मा, अनलाईन खबरका पंचम अधिकारीको उपस्थिति थियो भने एनआरएनए बेल्जियमको तर्फेबाट फेस डेक्समा अध्यक्ष सिता सापकोटा र उपाध्यक्ष इन्दिरा चाम्लिङको समुपस्थिति रहेको थियो।

तस्बिर – गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियम अध्यक्ष सिता सापकोटा र उपाध्यक्ष इन्दिरा चाम्लिङ पत्रकारहरूसंग ब्रसेल्सस्ट्राट लुभेनअन्तरकृयामा ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *