चितवन सहायता कोष -क्याट बेल्जियमको हाभेर्ली लुभेनमा सम्पन्न आठौं अधिबेशनबाट इश्वरी कँडेलको अध्यक्षतामा नया कार्य समिति निर्बाचित भएका छन् ।
नया कार्यकालका लागि कार्य समितिका निम्नानुसार पदाधिकारी तथा सदस्यहरु निर्बाचित भएका छन् l
अध्यक्ष-इश्वरी कँडेल
उपाध्यक्ष- शंकर बजगाई
उपाध्यक्ष- तेजेन्द्र कँडेल
महासचिब-मोहन केसी
सचिव- इश्वर प्रसाद चौधरी
सचिव-विष्णु पौडेल
कोषाध्यक्ष-नारायणप्रसाद पौडेल
सदस्यहरु–
झलकमणी अधिकारी
रामशरण महतो
निर्मला बजगाई अधिकारी
राजकुमार श्रेष्ठ
खीमराज न्यौपाने
सरस्वती सुबेदी
सबिन न्यौपाने
सन्तोष पौडेल
ओमप्रकाश गुरुङ
बेल्जियममा सामाजिक तथा परोपकारी संस्थाको रूपमा परिचित क्याट बेल्जियमको सो अधिबेशनको नेपाली दुतावास ब्रसेल्सका रमेश गैरे प्रमुख अतिथि एवंम् विशिष्ठ अतिथि क्याट बेल्जियमकी संस्थापक अध्यक्ष तथा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियम अध्यक्ष सीता सापकोटाद्वारा पानसमा दीप प्रज्वलित गरी संयुक्त रुपमा उद्घाटन गरिएको थियो l
अधिवेशन सफलताको शुभकामना दिनेहरूमा एनआरएनए आईसीसी सदस्य भीम सुबेदी,मदन दवाडी,जनप्रगतिशील मोर्चा युरोपका उपाध्यक्ष तथा बेल्जियम अध्यक्ष मेख गुरुङ ,नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल,नेपाली जनसम्पर्क समिति बेल्जियमका कार्यबाहक अध्यक्ष नरहरी सापकोटा,प्रवासी नेपाली मंचका प्रतिनिधी बिनोद न्यौपाने रहेका थिए l
कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोपका कार्यबाहक अध्यक्ष तथा किरात राई सोसाईटी बेल्जियमको तर्फबाट केजिन राई , लुम्बिनी–कपिलबस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदर प्रसाद आचार्य ,नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा,नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवास,संस्थाका पूर्व अध्यक्ष एवंम् संरक्षकहरू पार्वती अधिकारी, रामहरी घिमिरे, दिनेशप्रसाद भण्डारी, भूवन सुबेदी लगायतले संस्थाको विविध पक्षमा प्रकाश पार्दै कार्यंक्रमको सफलताको लागि शुभकामना दिएका थिए ।
सो अधिबेशनको सभापतित्व अध्यक्ष राजु घिमिरेले गर्नुका साथै कार्यक्रम संचालन र बार्षिक प्रतिबेदन महासचिब शंकर बजगाईले गरेका थिए l आर्थिक प्रतिबेदन कोषाध्यक्ष मोहन केसीले प्रस्तुत गरेका थिए ।
अध्यक्ष राजु घिमिरेले चितवन जिल्लाको लागि पहिले नै १ करोड पुराउने लक्ष्य राखेर स्थापित एक करोड रुपैयाको अक्षयकोष आफ्नो कार्यकालमा पुरा गर्न सफल भएको बताउनु भयो l
कार्यक्रममा चितवन स्थायी घरभै बेल्जियममा बसोबास गर्दै विभिन्न बिषयमा उच्च शिक्षा हासिल गरेका नया पुस्ताका प्रवास पाण्डे , प्रियंका गुरुङ, र दिपेश सुबेदीलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो भने संस्थाको मानार्थ सदस्य प्राप्त गर्ने प्रभा न्यौपाने र केशब सुबेदीलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो ।