काठमाडौँ । एकताबद्ध एनआरएनए बन्ने विश्वासका साथ १० औँ महाधिवेशनमा जसरी तीन जनालाई अध्यक्ष चयन गरेर डेढ वर्षअघि विश्व सम्मेलन सम्पन्न भयो त्यसअनुसार एनआरएनएले गति लिन सकेको छैन । डेढ वर्षअघि राजधानीमा भएको एनआरएनएको विश्व सम्मेलनमा डा बद्री केसी, कुल आचार्य र रविना थापालाई अध्यक्ष चयन गरिएको थियो । तीन अध्यक्षलाई ६–६ महिने कार्यकारी अधिकार दिनेसहितको सहमति भएपनि बद्री केसीको अनिच्छा र राजनीतिक पूर्वाग्रहले एनआरएनए समस्यामा फसेको छ । एमालेको समर्थनमा एनआरएनए अध्यक्ष पदको उम्मेदवार बनेका उनको कार्यशैलीका कारण एनआरएनएको एमाले पंक्तिमै असन्तुष्टि बढेको छ । यतिसम्मकी बद्रीले एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा यसअघि एकतासम्बन्धी भएको सहमतिलाई समेत उलंघन गरे । जसका कारण एकताको महाधिवेशन हुन सकेन भने सहमति कार्यान्वयनका लागि उनले निरन्तर भाँजो हालिहाले । एमाले अध्यक्ष ओलीको निर्देशनमा काम गर्ने र संस्थाको हितमा भन्दा पनि एमालेको हितमा काम गर्ने बद्रीको प्रवृत्तिले संस्था थप संकटमा जान सक्ने भन्दै एनआरएनए अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् । यतिमात्रै होइन अभियन्ताहरुलाई प्रभावित गर्न बद्रीले करोडौ रकम खर्चिएका छन् । भोटका लागि उनले रकम खन्याइरहेको भन्दै एक अभियन्ताले भने, ‘मध्यपूर्वको भोटका लागि मात्रै बद्रीले एक समूहका लागि ५ लाख सम्म खर्च गरेका छन् ।’ तर बद्रीको कार्यशैलीलाई राम्ररी बुझेका एनआरएनए अभियन्ताहरुले पनि उनलाई सबक सिकाउने तयारी गरेका छन् । ‘उनले पैसा दिएपछि लिने हो । तर, कुनै हालतमा भोट हालिँदैन । यस्ता व्यक्ति संस्थामा भएसम्म एनआरएनएको प्रगति सम्भव छैन’, मध्यपूर्वका एक अभियन्ताले भने । हुन त एमाले निकटहरुको बोलबाला भएपनि उनले केही कांग्रेस निकटका उम्मेदवारलाई उनले साथमा लिएका छन् । तर टीमभित्र नै विवाद र असन्तुष्टिका कारण एमालेको पुरा भोट पाउने अवस्था पनि बद्रीको छैन । आफ्नो उपस्थिति कमजोर भएपछि उनी सकेसम्म चुनावै नलड्ने पक्षमा थिए । तर, निकटकाको तीव्र दबावपछि उनले उम्मेदवारी त दिए तर माहोल कमजोर देखिँदा भोट किन्न ठूलो लगानी गरेको उनी निकटकै अभियन्ताहरु बताउँछन् । ‘उहाँले चुनाज जित्ने अवस्था छैन, पछि हट्न सक्ने अवस्था पनि छैन ठूलो संकटमा हुनुहुन्छ’, एक अभियन्ताले भने, ‘उहाँलाई राम्रो झड्का लाग्नेवाला छ ।’ खासगरी एनआरएनएको विनोद कुँवर समूहसँग प्रधानमन्त्री प्रचण्डसँग भएको सहमति कार्यान्वयनमा बद्रीले अड्को थापेपछि उनीप्रति अभियन्ताहरु पोजेटिभ छैनन् । बद्रीकै अड्कोका कारण एकता हुन नसकेको स्वयम् कुँवरले बताउँदै आएका छन् । निर्वाचनमा चार जना उम्मेदवार भएपनि बद्रीको कमजोर उपस्थिति भएपछि महेश श्रेष्ठ र आरके शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छैन । यस्तै अर्की उम्मेदवार रविना थापाको पनि बलियो अवस्था छैन। आरके र महेशबीच प्रतिस्पर्धा हुँदै गर्दा महेश अन्तिम समयमा ब्याक हुने चर्चा पनि छ । उसो त कतिपय पदमा महेशका उम्मेदवारलाई आके र आरकेका उम्मेदवारलाई महेश समूहले सघाइरहेको अवस्था समेत छ । यस्तो अवस्थामा आरके र महेशबीच सहमतिका लागि पहल भइरहेको बताइएको छ । तुलनात्मक रुपमा आरके चुनावी माहोलमा महेश भन्दा अघि रहेको अवस्थामा महेश ब्याक भएमा आरके थप शक्तिशाली हुनेछन् । यस्तो अवस्थामा बद्रीको लज्जास्पद पराजय निश्चित रहेको अभियन्ताहरुको भनाइ छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *