काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार आरके शर्मालाई मध्यपूर्व र त्यसबाहिर विश्वभरका श्रमिक डेलिगेट्सहरुले समर्थन गरेका छन् । यस्तै कांग्रेस निकट जनसम्पर्क समितिका कतिपय अभियन्ताहरुले समेत शर्माकै पक्षमा तीव्र लबिङ गरिरहेका छन् । पहिलो पटक मध्यपूर्वलाई नेतृत्व दिनुपर्ने भन्दै डेलिगेट्सहरुले तीव्र लबिङ गरिरहेका हुन् । शर्माको पक्षमा महाधिवेशनस्थल होटल सोल्टी क्षेत्रमा समेत चहलपहल र लबिङ भइरहेको देखिन्छ ।

श्रमिकको प्रतिनिधित्व गर्ने देश कतारको उम्मेदवार आरके शर्मा भएकाले यो निर्वाचनमा फरक खालको दृश्य देखिएको एनआरएनए अभियन्ताहरु बताउँछन् । ‘एक हिसाबले भन्ने हो भने एनआरएनएको चुनावमा संसारभरका श्रमिकवर्ग पार्टीभन्दा माथि उठेको देखिन्छ’ ती अभियन्ताले भने । अर्का अभियन्ताले राजनीतिक पार्टीले कसैको नाममा सर्कुलर जारी गरेपनि त्यो नमान्ने ठाउँमा श्रमिकहरु पुगेको बताए । यसबारे सर्कुलर गरिएमा त्यसलाई नमान्ने कतारसहितका कतिपय देशका राजनीतिक दलका शुभेच्छुक संगठनले पार्टीलाई बताइसकेका छन् । उनीहरुले आरकेको टीम राजनीतिक, जातीय, क्षेत्रीय भेगीय सबै हिसावले समावेशी टीम भएकाले उनलाई निर्वाचित गराउन लागिपर्ने बताएका छन् । शर्माले आफूलाई सबै राजनीतिक दलहरुको सहयोग रहेको बताएका छन् । कांग्रेसबाट महेश श्रेष्ठ र एमालेबाट बद्री केसी उम्मेदवार भएपनि शर्मालाई एमाले र कांग्रेसभित्रकै ठूलो पंक्तिको साथ रहेको छ । जसको उदाहरण शर्माको टीममा रहेका राज रेग्मी, शशिकान्त पौडेल, प्रवीन गुरुङ, मनोज श्रेष्ठसहितका उम्मेदवार रहेको अभियन्ताहरुको भनाइ छ ।

शर्मालाई माओवादी निकट भनिएपनि उनको टीममा कांग्रेस निकटका ६० प्रतिशत भन्दा बढी उम्मेदवार रहेको बताइएको छ । उसो त कांग्रेसका उम्मेदवारहरु चारतिर बाँडिएका छन् । जसका कारण कांग्रेसलाई टाउको दुखाइको विषय बनेको अभियन्ताहरु बताउँछन् । उसो त कांग्रेसकै एउटा समूहले रविना थापालाई समर्थन गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *