काठमाडौँ । नेपाल एयरलायन्सको वाइडबडी जहाज २ सय ५३ जना नेपाली विद्यार्थी बोकेर इजरायलबाट उडेको छ । इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छन् । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय ,सुदूरपश्चिम विश्वविद्यालय, र त्रिभुवन विश्वविद्यालयका २ सय ५३ जना विद्यार्थी बोकेको जहाज नेपालका लागि उडेको हो ।

इजरायल र गाजाबीचको युद्धका कारण कृषि क्षेत्रमा इन्टर गर्न पुगेका विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । उनीहरूलाई लिनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल पुगेका छन् ।

सो विमान आजै राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । नेपाली विद्यार्थी लिन इजरायल पुगेका परराष्ट्रमन्त्री साउँदलाई इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *