भत्किसकेछ यो कसकाे घर होला
सायद हाम्रो घर पनि यस्तै भएको होला
सायद यो घरको भाइ पनि मजस्तै
परदेशतिरै हराइरहेको होला
जन्मघरलाई कहिलेकाही बेस्सरी सम्झन्छ होला
आमाले घरमा पर्खिराखेको छ जस्तो लाग्छ होला
सायद उसलाई पनि कहिलेकाही एक्लो लाग्छ होला
मजस्तै भक्कानिदै एक्लै रुन्छ होला
भत्किसकेछ यो घर कसकाे होला
सायद हाम्रो पनि घर यस्तै भएको होला
वर्षौं बितिसक्दा पनि फिर्ने साइत जुरेन होला
जुरुक्क उठेर फर्किजानु पनि केले हो दिएन होला
सायद उस्लाई पनि कहिलेकाही हरेस लाग्छ होला
मजस्तै ढलिजान्छु कि भनेर उदास हुन्छ होला
भत्किसकेछ यो घर कसकाे होला
सायद हाम्रो पनि घर यस्तै भएको होला

Facebook Comments Box