चेतनाथ धमला
ए किरात भूगोल !
सपनाहरू अनेकन् छन्
सपनाहरू अधुरै पनि छन्
यात्राहरू मधुरै पनि छन्
अझै सिकिस्त छन् पहिचानहरू
त्यसैल,
खोज्दै हिँडेको छु इतिहासमा
किरात भूगोलका सपनाहरू
ए प्रिय किरात भूगोल !
अस्तित्वको त्यही लेखोट बोकेर
बाँचेको छु सभ्यताले
हाँसेको छु पहिचानले
गुमेका पाइलाहरू फर्काउन
कुशास्त्र विरुद्ध
लामबद्ध सपनाहरू बोकेर
हिँडिरहेको छु जीवनयात्रामा
खोज्दै किरात भूगोलका नयाँ सपनाहरू ।
Facebook Comments Box