ब्रसेल्स, असोज ४ । नेपालको राष्ट्रिय दिवस (संविधान दिवस)को उपलक्ष्यमा नेपाली राजदूतावासले ब्रसेल्समा स्वागत समारोह आयोजना गरेको छ।

कार्यक्रममा युरोपेली संसद् र बेल्जियमको सङ्घीय संसद्का सदस्य, राजदूत, नियोगका प्रमुख र कूटनीतिक समुदायका सदस्य, युरोपेली सङ्घका कार्यालय र बेल्जियम सरकारका प्रतिनिधि, अन्य महानुभाव, नेपालका मित्र र सदस्यको उपस्थिति रहेको थियो।

बेनेलक्स क्षेत्रमा रहेका नेपाली समुदाय। ब्रसेल्स सहरको केन्द्रीय स्क्वायर प्रख्यात ग्रान्ड-प्लेसमा अवस्थित ब्रसेल्सको आइकोनिक सिटी हलमा स्वागत समारोह आयोजना गरिएको थियो।
बेनेलक्स क्षेत्रमा रहेका नेपाली समुदाय। ब्रसेल्स सहरको केन्द्रीय स्क्वायर प्रख्यात ग्रान्ड-प्लेसमा अवस्थित ब्रसेल्सको आइकोनिक सिटी हलमा स्वागत समारोह आयोजना गरिएको थियो।

सो अवसरमा राजदूत गहेन्द्र राजभण्डारी, युरोपियन युनियनको युरोपेली एक्सटर्नल एक्सन सर्भिसका एसिया प्यासिफिक विभागकी उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले सम्बोधन गर्नुभयो।सो अवसरमा नेपाली सांस्कृतिक नृत्य तथा प्रस्तुति तथा नेपालको पर्यटकीय तथा सांस्कृतिक सम्भाव्यता झल्काउने भिडियो प्रदर्शनी गरिएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *