काजाब्लांका , क्यासेल्लो l

तमु धि बेल्जियमद्वारा आयोजित २६०८ औ तमु ल्होछार कार्यक्रम लुभेनमा हर्षौल्लास रूपमा सम्पन्न भएको छ l

हिजो आयोजित तमु ल्होछार गरुड वर्ग कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत  गेहेन्द्र राजभण्डारीले  गुरुङ तमु समुदायको  महान चाड ल्होछार नेपालको सम्पदा भएको उल्लेख गर्दै सबैलाई ल्होछारको शुभकामना दिनुभयो l

कार्यक्रममा बिशेष अतिथीद्वय एनआरएनए बेल्जियम अध्यक्ष सिता सापकोटा , नेपाल आदिबासी जनजाति महासंघ  बेल्जियम अध्यक्ष बिरमान मगर, नेकपा विप्लब युरोप अध्यक्ष बिष्णु भुजेल , नेकपा एमाले बेल्जियम अध्यक्ष चन्द्र कुमारी गुरुङ – ईशा  , नेकपा माओबादी बेल्जियम अध्यक्ष प्रकाश पौडेल , जनसम्पर्क समिति बेल्जियम सभापती  सुबास गुरुङ ,संघिय समाज बेल्जियम अध्यक्ष नेत्र मगरले पनि शुभकामना दिएका थिए l

तमु ल्होछार गरुड वर्ग कार्यक्रममा शेर्पा समाज बेल्जियम अध्यक्ष  पेम्बा शेर्पा , विश्व मगर संघ बेल्जियम अध्यक्ष  लोक रानामगर , आदिबासी जनजाति महासंघ बेल्जियम सस्थापक अध्यक्ष तथा समाजबादी पार्टी केन्द्रीय सदस्य  पीजी शेर्पा , तामांग समाज बेल्जियम अध्यक्ष राम लामा , किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ, इन्द्र धनुस  क्लब अध्यक्ष मिंड गुरुङ , युरोनेपाल कलाकार संघ अध्यक्ष बलराम पुन लगायतले शुभकामना दिएका थिए l

तमुधी बेल्जियम अध्यक्ष संगीता गुरुङको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन निबर्तमान अध्यक्ष प्रबिना गुरुंङ्ले गरेकी थिईन l   

दोश्रो चरणको सास्क्रीतिक कार्यक्रमको संचालन तमुस्यो नानी – संगीता  र गजेन्द्र गुरुङले गरेको कार्यक्रममा चर्चित कलाकार लाहुरे कान्छा ,काजा गुरुङले व्यापक प्रस्तुति दिएर दर्शक दिर्घालाई भरपुर मनोरंजन दिएका थिए l

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *