ब्रसेल्स । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालका लागि कोषाध्यक्ष लोक दाहालले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्ष पदका प्रत्याशी आरके शर्माद्धारा कतारमा आयोजित औपचारिक उम्मेदवारी घोषणासभा तथा बाचापत्र सार्वजनिक कार्यक्रमकै अवसरमा दाहालले आगामी कार्यकालका लागि सचिव पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । दाहालले एनआरएनएको अवको नेतृत्व मध्यपूर्वले पाउनुपर्ने बताउदै अध्यक्षमा आरके शर्मालाई समर्थन गरेर अघि बढने बताए ।

‘युरोप, अमेरिका, जापान सबै क्षेत्रले नेतृत्व लिइसकेको छ, यसैले अहिले संसारभर रहेका नेपालीहरुको चाहना मध्यपूर्वले नेतृत्व पाओस भन्ने छ’ दाहालले भने ‘मध्यपूर्वमा मजदुरहरु मात्र छन्, एनआरएनएलाई हाक्न सक्ने कोही छैनन् भनिरहदा यहाँ संस्था हाक्न सक्ने व्यक्तित्वहरु छन् ।’

एनआरएनएले सुरुवातदेखि नै श्रमिकको मुद्धा उठाउँदै आएकोमा सबैभन्दा बढी श्रमिक रहेको क्षेत्र मध्यपूर्वलाई यस पटक नेतृत्व दिनु पर्ने बताउँदै दाहालले यस अभियानलाई अझ सशक्त बनाउन आफू सचिव पदका लागि अघि सरेको जनाए ।

‘युरोप, अमेरिका, जापान सबै क्षेत्रले नेतृत्व लिइसकेको छ, यसैले अहिले संसारभर रहेका नेपालीहरुको चाहना मध्यपूर्वले नेतृत्व पाओस भन्ने छ’ दाहालले भने ‘मध्यपूर्वमा मजदुरहरु मात्र छन्, एनआरएनएलाई हाक्न सक्ने कोही छैनन् भनिरहदा यहाँ संस्था हाक्न सक्ने व्यक्तित्वहरु छन् ।’

एनआरएन अभियानमा विगत १५ वर्षदेखि निरन्तर सक्रिय दाहालले आफु एकैचोटि नभई स्टेप वाई स्टेप जिम्मेवारी वहन गर्दै अघि बढेको बताए । ‘एनआरएनए अभियानमा क्रमिकरुपमा विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्भाह गर्दै र अनुभव वटुल्दै अघि बढेको छु, यसैले विगतका अनुभवहरुमार्फत संघको अभियानलाई थप सशक्त बनाउन र संस्था सुदृढ बनाउदै लैजान यसपटक सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ’ दाहालले भने ।

बेल्जियमलाई कर्म थलो बनाएका व्यवसायी दाहाल एनआरएनए बेल्जियमको महासचिब, अध्यक्ष, आइसिसीको सहकोषाध्यक्ष हुँदै हाल कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *