बेल्जियम । तमु समाज बेल्जियम र सिक्लेस पार्चे कल्याण कोष बेल्जियमको सयुंक्त आयोजनामा आज भन्दा १७ बर्ष पहिले ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुनु भएका भुगोलबिद डा. हर्क गुरुङ र संरक्षणबिद डा .चन्द्र प्रसाद गुरुङ्गको सम्झना स्मृति कार्यक्रम सम्पन्न भएको छ ।

वहाँहरुको संझनामा एक मिनेट मौनधारण गर्दै शुरु भएको कार्यक्रमका प्रमुख अतिथि तमु समाज बेल्जियमका संस्थापक अध्यक्ष श्री मीन तमु हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता दुबै संस्थाका अध्यक्ष द्वय श्री होम तमु र श्री ओम प्रसाद तमुले गर्नु भएको थियो । कार्यक्रमका सभापति द्वय एंव प्रमुख अतिथि द्वारा संयुक्त रुपमा डा.द्वयको तस्बिरमा फुल गुच्छा चढाईएको थियो भने तत्पश्चात उपस्थित हुनुभएका अतिथि एंव सबैजनाले फुल चढाएका थिए ।कार्यक्रममा उपस्थित हुनु भएका सबैलाई सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष ओम प्रसाद तमुले स्वागत गर्नु भएको थियो । संरक्षणबिद डा. चन्द्र प्रसाद तमुको जिवनी बारे नि-बर्तमान अध्यक्ष श्री ओम राज तमुले प्रकाश पार्नु भएको थियो । आफ्नो जीवनको महत्त्वपूर्ण समय देशको लागि योगदान गर्नु भएका संरक्षणबिद बिश्व बन्यजन्तु कोष नेपालका प्रतिनिधि रहनु भएकै समय कन्चनजङ्ग संरक्षण कोषलाई स्थानीय निकायलाई हस्तान्तरण गरि फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परि निधन भएका डा. चन्द्र प्रसाद तमुकै पहलमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को स्थापना भएको थियो ।

यसैगरी भुगोलबिद डा हर्क गुरुङको जीवनी बारे प्रकाश पार्दै सल्लाहकार नन्द राज घलेले भन्नु भयो । डा.हर्क गुरुङ्ग बारे १० /१५ मिनेट बोलेर वहाँको जीवनबारे थाहा हुन नसक्ने जानकारी गराउनु भयो । उहाँ भूगोलविद भनेर चिनिए पनि विलक्षण प्रतिभाका डा‍. हर्क गुरुङमा अनेकौं विशेषताहरु थियो । कुशल खेलाडी, अध्ययन , अध्यापक, योजनाविद, अन्वेषकका साथै कुशल चित्रकार रहेको र वहाँले बनाउनु भएको डांफे र मुनालको तस्बिर हुलाक टिकटको रुपमा प्रकाशन भएको जानकारी गराउनु भयो । उद्योग, बाणिज्य,पर्यटन राज्यमन्त्री समेत बन्नु भएका उनी रार्ष्ट्रिय योजना आयोगका सदस्य हुँदै उपाध्यक्ष समेत बनेका थिए । मन्त्री भएकै समय गलैंचा काण्डमा फसाईए पछी उनले तत्कालीन राजा बिरेन्द्रलाई हर्क गुरुङ्ग भारी बोकेर खान्छ तर घुस खादैन भन्ने संदेश पठाएका थिए ।

भूगोलविद भनेर चिनिए पनि विलक्षण प्रतिभाका डा‍. हर्क गुरुङमा अनेकौं विशेषताहरु थियो । कुशल खेलाडी, अध्ययन , अध्यापक, योजनाविद, अन्वेषकका साथै कुशल चित्रकार रहेको र वहाँले बनाउनु भएको डांफे र मुनालको तस्बिर हुलाक टिकटको रुपमा प्रकाशन भएको जानकारी गराउनु भयो ।

यसरी डा. द्वयलाई स्मरण गर्दै हरेक बर्ष आयोजना गर्दै आएको आजको कार्यक्रममा गैर आवसिय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा ,आदिवासी जनजाती महासंघ बेल्जियमको अध्यक्ष बिरमान घर्तीमगर ,प्रबासी नेपाली मंचका अध्यक्ष चन्द्र कुमारी तमुस्यो, मगर समाज बेल्जियमका प्रतिनिधि यमुना रोकामगर , आमा समुहकी संस्थापक अध्यक्ष बबिता तमुस्यो,कार्यक्रमका प्रमुख अतिथि मीन तमु लगायतले डा. द्वयको योगदान बारे मन्तव्य प्रकट गर्नु भएको थियो । कार्यक्रमलाई सफल पार्न खानपिनका साथै आर्थिक सहयोग गर्नु हुने श्रीमती खुशीमाया तमुस्यो,चोक राज तमु, ओम प्रसाद तमु एंव टंक प्रसाद तमु प्रति हार्दिक आभार ब्यक्त गर्दै उपस्थित सबैलाई तमु समाज बेल्जियमका अध्यक्ष होम तमुले धन्यवाद दिनु भएको थियो भने कार्यक्रम तमु समाज बेल्जियमका महासचिव चित्र जङ्ग तमुले संचालन गर्नु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *