बेल्जियमको आन्त्वेर्पेन शहरमा चेलीहरुलाई तिजको दर ख्वाउने कार्यक्रम बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा भव्य रुपले सम्पन्न भएको छ । नेपाली मिलन केन्द्र युरोपको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व सोही संस्थाकी अध्यक्ष सुशीला खतिवडाले र कार्यक्रमको संचालन महासचिव लक्ष्मी अधिकारीले गरेकी थिइन् ।

कार्यक्रममा अतिथि नेपाली प्रवाशी संघ बेल्जियमकी अध्यक्ष इशा गुरुङले तीजको कार्यक्रम भब्य रुपले सम्पन्न गर्दै गरेकोमा आयोजक समितिलाई धन्यवाद दिइन् भने एनआरएनए बेल्जियमकी अध्यक्ष तथा तीज कार्यक्रमकी विशेष अतिथि सीता सापकोटाले महिलाहरु सम्मानित हुने ठाउँमा मात्रै देवता समेत खुशी हुने भन्दै बेल्जियमका दिदीबहिनीहरुले सम्पूर्ण समाजकै नेतृत्व गर्दै गएकोमा आफूलाई गर्व लागेको बताइन् ।

संस्थाको तर्फबाट पाहुनाहरुलाई स्वागत गर्दै नेपाली मिलन केन्द्र युरोपका पुर्व अध्यक्ष दीपक न्यौपानेले सबै सहयोगी मन तथा अतिथिहरुलाई स्वागत गर्दै सहयोगीहरुलाई धन्यवाद दिए।

नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रमको अन्त्यमा मिलन केन्द्रले बेचेको भाग्योदय चिठ्ठा खुलाइएको थियो, जसमा पहिलो हुनेलाई सुनको तिलहरी, दोश्रोलाई चन्द्रमा र तेश्रोलाई मुल्यवान सारी राखिएको थियो । पहिलो चिठ्ठा पद्मा नेपाल दाहालले जितेकी थिइन् । त्यस्तै, दोश्रो चिठ्ठा नेपाली चेली भूमिकाले र तेश्रो पुरस्कार कविता सिंखडा दाहाललाई प्राप्त भयो ।

आन्त्वेर्पेनमा मिलन केन्द्रले गरेको तीजको उक्त कार्यक्रममा महामहिमकी धर्मपत्नी श्रीमती सुमना राजभण्डारीलाई समेत विशेष अतिथिको रुपमा सम्मान गरिएको थियो।

नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रमको अन्त्यमा मिलन केन्द्रले बेचेको भाग्योदय चिठ्ठा खुलाइएको थियो, जसमा पहिलो हुनेलाई सुनको तिलहरी, दोश्रोलाई चन्द्रमा र तेश्रोलाई मुल्यवान सारी राखिएको थियो । पहिलो चिठ्ठा पद्मा नेपाल दाहालले जितेकी थिइन् । त्यस्तै, दोश्रो चिठ्ठा नेपाली चेली भूमिकाले र तेश्रो पुरस्कार कविता सिंखडा दाहाललाई प्राप्त भयो ।

कार्यक्रममा भर्खरै निर्वाचित एनआरएनएको सम्पूर्ण टीमलाई अध्यक्ष मार्फत सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमको समापन गर्दै मिलन केन्द्रकी अध्यक्ष सुशीला खतिवडाले आर्थिक नैतिक तथा भौतिक रुपमा सघाउने सबै स्वयम् सेवकहरुलाई धन्यवाद दिंदै कार्यक्रममा सघाउने काशी दनैं, मदन दवाडी, चित्र सुवेदी, चन्द्र ढकाल, दामु अधिकारी, गणेश अधिकारी, गणेश गैरे, ललित पोख्रेल, रंजन सिम्खडा, गोपाल दाहाल, दिपक न्यौपाने, गोपाल दाहाल, राम पुन, रमेश खरेल लगायत मिलन केन्द्रका सबै सहकर्मीप्रति आभार ब्याक्त गरेकी थिइन्।

सो अवसरमा सयौँ चेलीबेटीले मिठो भोजन गरेपछि राति अबेरसम्म तिजको गीतमा सामुहिक रुपले नाचेर भरपुर मनोरंजन लिएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *