सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले दक्षिण कोरियाको औपनिवेशिक कालको पीडाले आफ्नो ‘हृदय दुखेको’ बताएका छन् । 

दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँगको शिखर वार्तापछि किशिदाले भने, “त्यतिबेलाको कठोर वातावरणमा धेरै मानिसहरूले निकै कठिन र दुःखद अनुभव भोगेको र यसले मेरो हृदय दुख्ने गरेको छ ।”

सन् १९१० देखि १९४५ सम्म जापानले कोरियाली प्रायद्वीपमा गरेको नृशंस कब्जा, यौन दासत्व र जबर्जस्ती श्रमजस्ता ऐतिहासिक मुद्दाहरूलाई लिएर संयुक्त राज्य अमेरिकाका दुवै महत्त्वपूर्ण सुरक्षा सहयोगी पूर्वी एसियाली छिमेकीहरूबीच लामो समयदेखि मतभेद रहँदै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *