काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदका उमेदवार आरके शर्मा (राजेन्द्रकुमार शर्मा) ले क्यानडाका गैर आवासीय नेपालीहरुसँग अन्तरक्रिया गरेका छन् । एनआरएनए क्यानडाले आयोजना गरेको अन्तरक्रियामा वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले संघमा धेरै कार्यभार पूरा भैसकेको भन्दै अबको कार्यभार भनेको आर्थिक क्रान्ति हुने बताएका छन् ।

संघको स्थापनाकालदेखि नै एनआरएनए अभियानमा सक्रिय शर्माले अहिलेसम्म संघले गैरआवासीय नागरिकता लगायतका धेरै विषयहरुमा ठूलो उपलब्धी हासिल गरेको भन्दै अब संघले नयाँ चरणमा प्रवेश गर्नुपर्ने र त्यो नयाँ चरण भनेको मुलुकको आर्थिक क्षेत्रमा टेवा पुग्ने गरी काम गर्नु नै रहेको बताए ।

विगत लामो समयदेखि कतार र नेपालमा व्यवसाय सञ्चालन गरी हजारौं श्रमिकहरुलाई रोजगारि दिएका शर्माले हाल मध्यपूर्वमा अत्यन्त ठुलो संख्यामा रहेका न्यून आय भएका नेपाली श्रमिकहरुको पुँजी संकलन गरेर नेपालमा ठुलाठुला योजना निर्माण गरी नेपालमै रोजगारी सृजना गर्न सकिने बताए ।

त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीहरुको स सानो पुँजीलाई एकत्रित गरेर नेपालमै विभिन्न परियोजनाहरु खडा गरी रोजगारी सृजना गर्नतर्फ लाग्नुपर्ने बताए । विगत लामो समयदेखि कतार र नेपालमा व्यवसाय सञ्चालन गरि हजारौं श्रमिकहरुलाई रोजगारि दिएका शर्माले हाल मध्यपूर्वमा अत्यन्त ठुलो संख्यामा रहेका न्यून आय भएका नेपाली श्रमिकहरुको पुँजी संकलन गरेर नेपालमा ठुलाठुला योजना निर्माण गरि नेपालमै रोजगारी सृजना गर्न सकिने बताए ।

आफूले अध्यक्षमा उमेदवारी दिँदै गर्दा आफ्नो स्पष्ट योजना पनि सोही रहेको उनले स्मरण गराए । त्यसैगरी संघको स्थापना कालदेखि आजसम्म नै मध्यपूर्वले सधैं अन्य देशका एनआरएनएको नेतृत्वलाई सहयोग गरिरहेको र यसपटक मध्यपूर्वले नेतृत्व पाउनुपर्छ भन्नेमा सबै गैर आवासियको मनसाय अनुरुप आफैँले अध्यक्षमा उमेदवारी दिएको बताए ।

यसका लागि विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले सहयोग गर्नेमा आफू विश्वस्त रहेको शर्माले जानकारी दिए । त्यसैगरी कार्यक्रममा बोल्दै एनआरएनए सहकोषध्यक्ष अभिमन्यू शर्मा, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष लोक तिवारी लगाएतले शर्माको उमेदवारीमा ऐक्यबद्धता जनाएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *