ब्रसेल्स l

नेपाल सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी गराएकी छन ।
पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन । सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । सरकारले एकैपटक बिहीबार बसेको मन्त्रिपरिषद बैठकबाट राजदूत नियुक्त गरेको सूचना सार्वजनिक गरेको हो । हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ ।
राज्यकोषबाट बर्सेनि अर्बौं खर्च गरेर खोलेका ती नियोगबाट उचित प्रतिफल लिन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारले पोर्चुगलमा दूतावास खोलेर राजदूत नियुक्त गरेपछी त्यहाका नेपालीहरु खुशी भएका छन । पोर्चुगलमा हाल करिव एक लाख नेपालीहरु पुगिसकेका अनुमान छ । पोर्चुगलमा दुतावास खोलेकोमा खुशी ब्यक्त एनआरएनए युरोप सह संयोजक भिमसेन थापाले सरकारलाई धन्यवाद ब्यक्त गरे । दुतावास नहुँदा यहाका नेपालीहरु धेरै समस्यामा परेको थापाले बताए ।

एनआरएनएले समस्यामा परेका नेपालीहरुको लागी अभियान नै चलाएको थियो । पोर्चुगलमा दुतावास खोल्न एनआरएनएले पटक पटक माग गर्दै आएको थियो । आफुहरुको माग पुरा गरेकोमा एनआरएनए अध्यक्ष आरके शर्माले नेपाल सरकारलाई धन्यवाद ब्यक्त गरेका छन् । पोर्चुगलमा दुतावास खोल्न अध्यक्ष शर्माको नेतृत्वमा प्रधानमन्त्री,परराष्ट,श्रम मन्त्रीकोमा एनआरएनएको प्रतिनिधी मन्डल पटक पटक डेलिगेसन पनि गएको थियो । पोर्चुगलमा दुतावास स्थापना गरेर सरकारले राम्रो काम गरेको एनआरएनए युरोप संयोजक चिन्तामनि सापकोटाले बताएका छन् ।

यो निर्णय संगै लामो समय देखी पोर्चुगलमा ब्यबसाय गरेर बसेका किरात राई सोसाईटी पोर्चुगलका अध्यक्ष दिपेश राईले खुशी ब्यक्त गरेका छन् l अध्यक्ष राईले भने युरोपमा बेलायत पछी धेरै नेपाली बसोबास गर्ने देश पोर्चुगलमा साढे दुई दशक देखि दुताबास स्थापना गर्न माग गर्दै पहल गरे पनि हाल प्रधानमन्त्री प्रचण्ड सरकारले यो माग पुरा गरेर डायस्पोराका सिंगो नेपालीको मन जितेको छ l

साढे दुइ दशक अगाडी नै दुताबास स्थापना गर्न पहल कदमी र निरन्तर खटिई रहेका पोर्चुगलका सामाजिक अभियन्ताहरू पूर्ण हमाल ,केजिन राई ,लक्ष्मण देबकोटा , प्रेम परियार ,डिल्लीराम भण्डारी ,सुबाश पोखरेल , कमल गुरुङ ,रमेश गुरुङ ,कला कोयु लगायतले सरकारलाई धन्यबाद दिदै खुशी प्रकट गरेका छन् l


सरकारले गत असारमा जारी गरेको बजेटमा पनि दूतावास संख्या पुनरावलोकन गर्ने उल्लेख गरेको थियो । दुतावास स्थापनापछी पोर्चुगलको रोजगारी बढ्ने र यहा रहेका नेपालीहरुको समस्यामा कमी आउने एनआरएनए सह कोषाध्यक्ष तिलक गैरेले बताए । पोर्चुगलमा दुतावास स्थापनापछी यहाँ रहेका हजारौ हजार नेपालीले सरकारलाई धन्यवाद ब्यक्त गरेका छन ।

२०८० कार्तिक २३ गतेको मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु निम्न रहेका छन :

१. प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने ।
२. इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने ।
३. नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने ।
४. मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने ।
५. निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने ।
६. पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने ।
७. मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने ।
८. मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *