काठमाडौँ l

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन्।

शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ।

जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे। उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए।

उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदी ले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ ले ३ लाख, कृष्ण जीवि पन्थ ले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। त्यस्तै उपाध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटा, हरी खत्रीले जनही एक लाख रुपियाँ प्रदान गर्ने जनाए।

एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबार सम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए। कार्यक्रमको संचालन गरिरहेका महासचिव बुद्धिसागर सुवेदीले सबै सहयोगदाताहरुलाई धन्यवाद दिंदै नेपालीलाई विपद परेको बेला मन खोलेर सहयोग गर्न अपिल गरेका थिए। भूकम्प पीडितहरुका लागि संसारभरिका एनआरएनहरुबाट सहयोग आउने क्रम जारी छ।

Non Resident Nepali Association (NRNA) EMERGENCY FUND COLLECTION COMMITMENT

Date: NOV 4, 2023 Update: 1 SN Name Commitment 1 RK Sharma 2,100,000.00 2 Buddhi Sagar Subedi 1,900,000.00 3 Thakur Prasad Dhungana 1,700,000.00 4 Abdul Basid 500,000.00 5 Kul Acharya 555,555.00 6 Khagendra Neupane 505,000.00 7 Govinda Shrestha 300,000.00 8 Lok Prasad Dahal 500,000.00 9 Tanka Gaire 200,000.00 10 Tilak Gaire 40,000.00 11 Krishna Jibi Panta 200,111.00 12 Dayanidhi Sapkota 100,000.00 13 Anup Khanal 51,000.00 14 Bhawanee Tiwari 50,000.00 15 Sangharshshil KC, VP 33,333.00 16 Dr. Keshab Paudel 100,000.00 17 Chitra Subedi 100,000.00 18 Narayan Acharya 50,000.00 19 Bal Krishna Marasini 25,000.00 20 Gangadhar Gautam 100,000.00 21 Devika KC 55,555.00 22 Hem Pandey 75,000.00 23 Bijaya Moktan 50,000.00 24 Mahendra Basnet 30,000.00 25 Ganga Bhusal 51,000.00 26 Geeta Khanal Thapa 51,000.00 27 Sarita Bhandari Paudel 50,151.00 28 Europe DRCHari Khatri 100,000.00 29 Chhabi lal Kandel 41,000.00 cont…

Total 9,613,705.00

Thakur Prasad Dhungana

Treasurer Non Resident Nepali Association

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *