बुङातुङ राई
ललितपुर । ‘सरसफाई गरौँ, स्वस्थ रहौँ’ भन्ने मूल नाराका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष सहभागितामा किरात समाजद्वारा आयोजित सरसफाई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिका ९ ढुङ्गीन बसपार्कदेखि लामाटार सडक हुँदै पानीट्याङ्की ससम्भु चौरसम्म सम्पन्न सरसफाई कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन, वडा ९ का वडा अध्यक्ष विजय लामा, जनजाति आयोगका सदस्य शरणकुमार राईको सहभागीता रहेको थियो । त्यसैगरी भ्याली पब्लिक विद्यालय, विद्यापुञ्ज विद्यालय, सिस्नेरी विद्यालयका प्रध्यानाध्यापक साथै विद्यार्थीहरु, ससम्भु मन्दिर व्यवस्थापन समिति, टोल सुधार समिति, सुरक्षाकर्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी र टोलछिमेकका स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा वृक्षाराेपण समेत गरिएकाे थियाे ।
